दमक, ३ माघ–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समुहको झापा कमल गाउँपालिका स्तरीय ५ सय १ जना रहेको आन्दोलन समिति गठन भएको छ ।

नेकपा झापाका सचिवालय सदस्य मणी भण्डारीको संयोकजत्वमा कमल गाउँपालिका स्तरीय आन्दोलन समिति गठन भएको हो । समितिको सहसयोजत्वमा प्रताप सुब्बा सचिव रबिन गुरुङ र सहसचिव नरेन्द्र भट्टराई छन् । गुरुङ नेकपा गाउँकमिटिका सचिव हुन् ।

नेकपा प्रदेश कमिटि सदस्य एबम् झापा क्षेत्र नं ४ (क) का प्रदेससभा सदस्य सांसद भलकसिंह दर्लामी मगर शन्देस, प्रदेश कमिटि सदस्य बीेरेन्द्र बस्नेत, प्रदेश कमिटि सदस्य इन्द्र बुडाथोकी र गगन पुरी, कमल गाउँपालिकाको वडा नं ६ का वडा अध्यक्ष नरेन्द्र भट्टराईको उपस्थितिमा कमल गाउँपालिकामा आन्दोलन समिति गठन भएको नेता रबिन गुरुङले बताउनुभयो ।

नेकपा झापाका नेता बिमल संग्रौलाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा प्रदेश कमिटि सदस्य एबम् सांसद दर्लामीले पार्टीको बिधि, बिधान र अनुशासनमा चल्ने नैतिकवान नेता कार्यकर्ताहरु प्रचण्ड–नेपाल समुहमा रहेको बताउनुभयो ।

कार्यक्रममा नेता इन्द्र बु्डाथोकी, गगन पुरी, बीरेन्द्र बस्नेत, वडा अध्यक्ष नरेन्द्र भट्टराई लगायतले मन्तव्य राख्नुभएको थियो । सो कार्यक्रममा प्रताप सुब्बाले स्वागत मन्तव्य राख्नुभएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *