दुधे, ३ माघ–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) शिबसताक्षी नगर कमिटिले भोली (आइतबार) झापाको दुधेमा कार्याकर्ता तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । शिबसताक्षी–११ दुधेस्थित सामुदायिक अध्यायन केन्द्रको भवनमा हुने कार्याकर्ता तथा प्रशिक्षण कार्यक्रममा शिबसताक्षी नगरभरीका ११ वटा वडाहरुबाट एक हजार बढी संख्यामा अगुवा कार्यकर्ताहरुको भेला हुने नगर कमिटि अध्यक्ष महेन्द्र भट्टराईले जानकारी दिनुभएको छ ।
सो कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य एबम प्रदेश १ का सहइन्चार्ज नरेश खरेल, केन्द्रीय सदस्य एबम् झापाका इन्चार्ज रबिन कोइराला, केन्द्रीय सदस्य एबम् झापाका सहइून्चार्ज धर्मशिला चापागाईं र प्रदेश १ कमिटिका सदस्य एबम प्रदेश सांसद झलकसिह दर्लामी मगरले सम्बोधन गर्ने नगर कमिटि अध्यक्ष भट्टराईले बताउनुभएको छ ।
नेकपा नगर कार्यालय सदस्य प्रेम याम्फु राईका अनुसार कार्यकर्ता तथा प्रशिक्षण कार्यक्रममा संसद बिगटन र पार्टीमा देखिएका पछिल्लो घटनाक्रम सम्बन्धी पार्टीका अडान र धारणालाई कार्यकर्ताबीचमा सार्वजनिक गर्न कार्यक्रम आयोजना गरिएको हो । कार्यालय सदस्य राईले आइतबार हुने कार्यक्रममा पार्टी नगर कमिटिद्धारा नगरको ११ वटा वडाहरुबाट अगुवा कार्यकर्ताहरुसहित पार्टीका बिभिन्न जन बर्गिय संगठनका जिम्मेवार नेताहरुलाई सहभागिता गराइने बताउनुभयो ।
त्यस्तै, कार्यक्रममा शिबसताक्षी नगर उपप्रमुमख एबम् पार्टीका जिल्ला कमिटि सदस्य भोजकुमारी नेपाल, पार्टीका जिल्ला कमिटि सदस्य नरमाया कार्की, शिबसताक्षी–७ का वडा अध्यक्ष एबम् युवा संघ झापाका उपाध्यक्ष नबिन इजम, प्रदेश कमिटि सदस्य एबम् झापा क्षेत्र नं ४ का इन्चार्ज कल्पना कार्की, क्षेत्रीय कमिटिका सहसंयोजक रामबहादुर राई लगायतका नेताहरुले समेत कार्यक्रममा बिचारहरु राख्ने कार्यक्रम रहेको समचार स्रोतले जनाएको छ ।
