काठमाडौं, ४ माघ–प्रिमियर लिग फुटबलमा चेल्सीले साँघुरो जित निकालेको छ ।

शनिबार भएको खेलमा चेल्सीले फुलहममाथि १-० को जित निकालेको हो । घरेलु टोली पहिलो हाफमै १० खेलाडीमा सीमित बनेको थियो । एन्टोनी रविन्सन रातो कार्ड खाँदै पहिलो हाफको अन्तिम मिनेटमा मैदान बाहिरिएका थिए ।

७८औं मिनेटमा मिसन माउन्टले चेल्सीका लागि विजयी गोल गरे । पछिल्ला चार खेलमा चेल्सीले पहिलो जित निकालेको हो ।

जितसहित चेल्सी २९ अंक जोड्दै तालिकाको सातौं स्थानमा उक्लियो । फुलहम १२ अंकसहित रेलिगेसन जोनमै छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *