काठमाडौं, ४ माघ–राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली आइतबार दिउँसो शितल निवास पुगेका हुन् ।

राष्ट्रपति र प्रधानमन्त्रीबीच भएको भेटमा भएको कुराकानीबारे भने केही खुलेको छैन । प्रधानमन्त्रीले समसामयिक परिस्थितिबारे राष्ट्रपतिलाई बिफ्रिङ गर्ने परम्परा छ ।

तर, पछिल्लो समय ओलीले आफू संकटमा परेको बेला राष्ट्रपति भण्डारीसँग बाक्लो भेट्ने गर्दै आएका छन् । उनीमाथि आफ्नो स्वार्थका लागि राष्ट्रपतिलाई प्रयोग गर्ने गरेको आरोप समेत लाग्दै आएको छ ।

संसद विघटनको घटनालाई लिएर अहिले राष्ट्रपति र प्रधानमन्त्रीको आलोचना र विरोध भइरहेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *