मोरङ, ४ माघ–मोरङको पथरी शनिश्चरे स्थित भुटानी शरणार्थी शिविरमा जारी ५ औँ अन्तराष्ट्रिय आमन्त्रण शरणार्थी च्यालेन्ज कप फुटबल २०२१ को आज भएको खेलमा भुट्निज युथ क्लब (बिवाईसी) बेलडाँगी झापालाई २-१ गोल अन्तरले पराजित गर्दै बिन्ध्यावासिनी फुटबल क्लब, बिराटनगर मोरङ दोस्रो चरणमा प्रबेश गरेको छ ।

खेल सुरु भएको ३४ औँ मिनेटमा बिन्ध्यावासिनीका खेलाडि आशिष चौधरी र ५४ औँ मिनेटमा सुनिल खड्काको गोल गरेका थिए । भुट्निज युथ क्लब (बिवाईसी) बेलडाँगी झापाका खेलाडि बिक्रम राईले अतिरिक्त समयमा एक गोल फर्काएका थिए ।

खेलको मेन अफ द म्याच बिराटनगरका अशोक खवास घोषित भए । भोलिको खेल बि वाई सि बेलडाँगी (बि) र धरान फुटबल क्लब बिच खेल संयोजक करन राईले बताए ।

यस अघि पथरीशनिश्चरेलाई जित्दै दुधे झापा र उर्लाबारीलाई पराजित गर्दै टेन नबोदाय फुटबल क्लब पथरीशनिश्चरे दोस्रो चरणमा पुगिसकेको छ । बिजेता टिमलाई नगद १ लाख १ हजार रुपैयाँ, उपविजेता टोलिले ५१ हजार ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।

प्रतियोगितामा झापा, मोरङ, सुनसरी र भुटानी शरणार्थी शिविर गरी १४ टिम सहभागि रहेका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *