दुधे, ४ माघ–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यत तथा प्रदेश १ का सहइन्चार्ज नरेश खरेलको उपस्थितिमा आज झापाको शिबसताक्षीमा कार्यकर्ता भेलासहित प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

सोही अवसरमा नगरपालिकाकी उपप्रमुख तथा नेकपा झापा जिल्ला कमिटि सदस्य नेत्री भोजकुमारी नेपालको संयोजकत्वमा ५ सय ५५ जना रहेको प्रतिगमन बिरुद्ध सघर्ष समिति गठन गरिएको छ ।

समितिको सहसंयोजकत्वमा शिबसताक्षी नगरका सहइन्चार्ज समेत रहेका जिल्ला सदस्य एनपी लामिछाने, जिल्ला कमिटि सदस्य नरमाया कार्की, अग्रज नेता राज सुब्बा र शिबसताक्षी नगर प्रवत्ता समेत रहेका वडा नं ७ का वडाअध्यक्ष नबिन इजम छन् । त्यस्तै, सचिवमा नगर कमिटि अध्यक्ष महेन्द्र भट्टराई र सहसचिवमा घनश्याम पोख्रेल र धनप्रसाद ढकाल छन् ।

त्यस्तैं, आजै गठन भएको सघर्ष समितिले ७५ जना रहेको सचिवालय समिति समेत गठन गरिएको छ । सचिवालय समितिमा नगर कार्यालय सदस्य प्रेम याम्फु राई, कमल कार्की, दुर्गा नेम्बाङ, शान्तिराम न्यौपाने, माधब बास्कोटा, पुष्प पौडेल, भुवन राई, अग्नी कार्की, वडा नं का सचिव नेत्र नेम्बाङ, वडा नं २ का अध्यक्ष भीम नेम्बाङ लगायत नेताहरु छन् ।

सघर्ष समितिका सचिव तथा नेकपा शिबसताक्षी नगर कमिटि अध्यक्ष महेन्द्र भट्टराईका अनुसार सघर्ष समितिमा नगर कमिटि, वडा कमिटिसहित पार्टीका सवै जनबर्गिय संगठनका पदाधिकारी र सदस्यहरुलाई जिम्मेवारीमा राखिएको छ ।

सो अवसरमा नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश १ का सहइन्चर्ज नरेश खरेलले प्रतिगमन बिरुद्ध देशव्यापी सचेत नागरिकहरु सडकमा एक साथ जुट्न आग्रह गर्नुभयो । वहाँले बहुमत प्राप्त दलको प्रधानमन्त्रीले पार्टीलाई समेत बदनाम हुनेगरी संसद बिगटन गरेर इतिहासमा असक्षम प्रधानमन्त्री र अलोकतान्त्रिक पद्धतीको सुरुवात गर्न चाहेको बताउनुभयो ।

नेता खरेलले सरकारले तोकेको बैसाख १७ र २७ गते सम्पन्न हुने प्रतिनिधिसभाको निर्वाचन हुन नसक्ने र निर्वाचन आयोगले समेत गर्न नसक्ने ठोकुवा गर्नुभयो । हामीहरु सडकबाट संसद पुर्नःस्थापना गर्छौ, नेता खरेलले भन्नुभयोः हामीहरु निर्वाचनको तयारीमा लाग्दैनौ र बैसाखमा निर्वाचन आयोगले चुनाव गर्न सक्दैन ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा झापाका इन्चार्ज रबिन कोइरालाले प्रधानमन्त्री ओलीले चालेका असंबैधानिक कदम सच्याउन माग गर्नुभयो । नेता कोइरालाले प्रधानमन्त्रीले व्याक्तिगत चाहानामा संसद बिगटन गर्न संबिधानमा नभएको र त्यो इतिहासले माफी दिन नसक्ने बताउनुभयो ।

कार्यकर्ता तथा प्रशिक्षण कार्यक्रममा पार्टीका नेत्री एबम् पुर्व सांसद प्रवित्रा खरेल, प्रदेश १ कमिटि सदस्य तथा प्रदेश सांसद झलकसिह दर्लामी, निलमणि बराल, कल्पना कार्की लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *