दमक, ५ माघ–दमकको सुरक्षा ब्यवस्थाको नेतृत्व सम्हाल्नु आउनुभएका प्रहरी नायव उपरिक्षक (डिएसपी) नवराज कार्कीले दमकमा सुरक्षा ब्यवस्था मजबुत र प्रभावकारी बनउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

सोमबार, बिहान इलाका प्रहरी कार्यालय दमकमा सञ्चारकर्मीहरुसँगको परिचयात्यमक तथा अन्तरक्रिया कार्यक्रममा डिएसपी कार्कीले दमकबासीको सुरक्षा प्रवन्धलाई प्रभावकारी र मजबुत बनाउन आफ्नो कार्याकालभरी कुशलताका साथ पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

हालैः दमकमा सरुवा भई आउनु भएका इप्रका दमकका प्हरी प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) कार्कीले पत्रकारहरुसँग सुझाव र सल्लाह लिएका थिए ।

डिएसपी कार्कीले पत्रकारसंग दमकका समस्या र चुनौतीका बिषयमा जानकारी लिनुभएको थियो । उपस्थित पत्रकारहरुले दमकमा बढिरहेको लागु औषध कारोबार, काठ तस्करी, सडक दुर्घटनाका बिषयमा प्रभावकारी रुपमा काम गर्न सुझाएका थिए ।

साथै पत्रकारलाई प्रहरीले सुचना दिने कुरामा झन्झट दिने गरेको भन्दै दमकको घटनाको सुचना जिल्ला बाट नभई दमक बाटै लिन पाईने ब्यवस्था मिलाउन सुझाव दिएका थिए ।

कार्यक्रममा बोल्दै डिएसपी कार्कीले अघिल्ला चरणमा के भए त्यसलाई बिर्सिएर आगामी दिनमा सुचना दिने कार्यलाई प्रभावकारी बनाईने प्रतिबद्धता जनाउनुभएको थियो ।

दमकको सुरक्षा ब्यवस्थालाई अझै मजबुत र प्रभावकारी बनाउने कार्कीको भनाई थियो । उहाले पत्रकारहरुलाई आवश्यक सहयोग गर्न आग्रह समेत गर्नुभएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *