दमक, ५ माघ–झापाको दमकमा आज विहान विरामी बोकेको एम्बुलेन्सले अटोरिक्सालाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन।

मृत्यु हुनेमा अटो चालक मोरङ उर्लाबारी नगरपालिका ४ बस्ने ५० वर्षीय देवेन्द्र बुढाथोकी र अटोमा सवार अन्दाजी ४२ वर्षीय सन्तोष श्रेष्ठ रहेका जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत दमक नगरपालिका-४ ताराबारीमा मे १ च १२४६ नम्बरको एम्बुलेन्सले विपरित दिशाबाट आउँदै गरेको प्रदेश १–०१–००३ ह ६२४ नम्बरको अटो रिक्सालाई विहान ९ बजे ठक्कर दिएको थियो।

एम्बुलेन्सभन्दा पछाडी रहेको को ११ प ९५२५ नम्बरको मोटरसाइकल र को २५ प १९३३ नम्बरको स्कुटर पनि दुर्घटनापछि सडकमा पल्टिएको अटोमा ठोक्किएका थिए।

अटोमा सवार सुनसरी इनरुवा ७ का २४ वर्षीय सौजन मगर, दमक नगरपालिका ४ झापाका २० वर्षीय राजन सिलवाल र मोटरसाइकल चालक दमक-२ का २८ वर्षीय रमेश पोखरेल घाइते भएका छन्। एम्बुलेन्स चालक दमक-४ बस्ने ५१ वर्षीय गणेश दंगाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *