काठमाडौं, ५ माघ–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले अधिकारको दुरुपयोग गरेकाले प्रधानमन्त्रीको पदमा बस्न लायक नरहेको बताएका छन् ।

काठमाडौंमा आयोजित आफू पक्षधर अखिल नेपाल महिला संघको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीका रुपमा अधिकारको दुरुपयोग गरेकाले पदमा बस्न लायक नभएको बताए । अध्यक्षको कर्तव्य पालना नगरेका कारण पार्टी अध्यक्षको रुपमा पनि बस्न लायक नरहेको उनको भनाइ छ ।

अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले संकटकाल लगाएर अथवा अन्य असंवैधानिक कदम चालेरै भए पनि पाँच वर्ष प्रधानमन्त्री बन्न चाहेको उल्लेख गर्दै ओलीले चुनाव नगराउने दाबी गरे ।

अध्यक्ष नेपालले कम्युनिस्ट आन्दोलनलाई छिन्नभिन्न हुन नदिने गरी अघि बढ्ने पनि बताए । देशको प्रगतिका लागि आन्दोलनका विकल्प नभएकाले आन्दोलनको ज्वारभाटा सृष्टि गर्ने उनको भनाइ छ ।

उनले पार्टीको आधिकारिकता र सूर्य चिह्‍न कसैले खोस्न नसक्ने दाबी पनि गरे । केपी शर्मा ओलीले निर्वाचन आयोगमा नेकपा एमाले दर्ता गरेर अस्ताउँदो सूर्य चुनाव चिह्‍न लिएको जिकिर पनि गरे । उनले ओलीको त्यही चुनाव चिह्‍न हुने र आफूहरुको सूर्य चिह्‍न कसैले खोस्‍न नसक्ने दाबीसमेत गरे ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *