काठमाडौं, ५ माघ–प्रधानमन्त्री ओलीले गरेको संसद विघटनको विषयलाई लिएर अदालतको भरमा मात्र बस्न नहुने पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बताएका छन्।

आज एक अन्तर्वार्ताका क्रममा उनले भने, ‘हामीले राजनीतिक शक्ति, नागरिक समाज, सबै तह र तप्काबाट आवाज उठायौं भने लोकतन्त्र परिवर्तन प्रतिको यो निष्ठा हामीले जाहेर गर्यौं भने अदालत पनि संविधानभित्रै रहेर निर्णय गर्न सक्छ।’

साथै अदालतको यो निर्णयबाट चलखेलमा लागेका अन्तर्राष्ट्रिय शक्तिको पनि रोकिने र संविधान र लोकतन्त्र ट्रयाकमा आउने पनि उनले विश्वास व्यक्त गरे। ‘तर यसरी पनि भएन भने चुप लागेर बस्ने रु फेरि हिंसात्मक के के, म प्रचण्डजीको बारेमा ठेक्का लिन्नँ। उहाँ बिहान बोलेका कुरा बेलुका सम्झना हुँदैन। म आफ्नै बारेमा के भन्छु भने संघर्षको विकल्प हुँदैन,’ भट्टराईले भने।

बिपी कोइराला र पुष्पलालको चर्चा गर्दै उनले उनीहरु नै राम्रो उदाहरण भएकाले अबको आन्दोलन शान्ति र हिंसाको बाटो परिस्थितिअनुसार तय हुने पनि बताए। ‘हामी चाहन्छौं यो शान्तिपूर्ण ढंगले अगाडि बढोस्, अदालतबाटै फैसला होस्। भएन छ भने शान्तिपूर्ण ढंगले आन्दोलन गर्छौं,’ भट्टराईले भने। तर यो सरकार फासीवादतिर गयो भने बाह्य शक्ति पनि चलखेल गर्न आए भने त्यतिबेला चै हातमा दही जमाएर बस्ने भनी उनले प्रश्न गरे।

लोकतन्त्र खतरामा परेर सिरिया, इराक, अफगानिस्तानको जस्तो जटिल समस्या आयो भने रामनाम जपेर बस्न नहुने उनले तर्क गरे।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *