काठमाडौं, ६ माघ–झापाबाट ५० ग्राम ब्राउनसुगरसहित २ जना पक्राउ परेका छन् । मेचीनगर नगरपालिका–६, मेची डाडामा रहेको सशस्त्र प्रहरी बलको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सुनसरीको धरान उपमहानगरपालिका–१७ का २४ वर्षीय ईश्वर थापा र पाँचथरको हिलिहाङ गाउँपालिका–२ का २८ वर्षीय अरुण सुब्बा लिम्बु छन् ।
चेकजाँच गर्ने क्रममा थापाको साथबाट ब्राउनसुगर ५० ग्राम फेला परेको प्रहरीले जनाएको छ । उनीहरुलाई थप कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा बुझाइएको छ ।
