झापा, ६ माघ–झापामा पहिलो पटक मेचीपारिको नेपाल–भारत सीमान ाकामा अस्थायी प्रहरी बिट बनेको छ ।

भद्रपुर नगरपालिका-५ स्थित मेचीपारीको सीमा नाकामा रु १६ लाख ८० हजारको लागतमा पक्की भवन निर्माण गरी सोमबार उद्घाटन गरिएको हो । पुलका उद्घाटन भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले गरेका छन् ।

वडा प्रहरी कार्यालय, सामुदायिक प्रहरी सेवा केन्द्र र भद्रपुर नगरपालिकाको सहयोगमा अस्थायी प्रहरी बिट विसं २०७७ जेठ २४ गतेबाट निर्माणकार्य शुरु भई यही माघ ५ गते निर्माण सम्पन्न भएको थियो ।

सीमा क्षेत्रमा हुने कुनै पनि किसिमको आपराधिक गतिविधिको रोकथाम तथा नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने उद्देश्यले मेचीपारि प्रहरी बिट स्थापना गरिएको नगरप्रमुख श्रेष्ठले बताए ।

मेची नदीपारी पनि नेपाली बस्ती ठूलो छ । मेचीनगर नगरपालिका-१५, भद्रपुर- ५ र ३ मा नेपाली बस्ती रहेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *