काठमाडौ, ६ माघ– प्रतिनिधिसभा विघटनविरूद्ध दायर रिटमा संवैधानिक इजलासमा सुनुवाइ जारी छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी बहसमा अधिवक्ताहरूले इजलासको प्रश्नहरूको सामना गरिरहेका छन् ।

सो क्रममा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले धारा ७६ ९१० को बाहेक सरकार बन्ने अवस्था नदेखिएको र संसद्‌ले सरकार बनाउन नसक्ने अवस्थामा संसद् विघटन हुन सक्छ रु भन्दै प्रश्न गरेका छन् ।

जवाफमा मंगलबार बहसका क्रममा अधिवक्ता रूद्र शर्माले धारा ७६ (१) को प्रधानमन्त्रीले विघटनको धारा प्रयोग गर्न नसक्ने बताए । धारा ७६ ९७० को प्रयोग धारा ७६ (५) को प्रधानमन्त्रीले मात्र गर्न नसक्ने भन्दै अहिलेको सरकारले विघटनको सिफारिस नै गर्न नसक्ने जिकिर गरे । उनले अहिले संसदबाट सरकार बन्न नसक्ने अवस्था नभएको पनि बताए ।

प्रधानमन्त्रीले सरकार चलाउँदिनँ भने के हुन्छ ? प्रधानन्यायाधीशको प्रश्न- अधिवक्ताको प्रतिप्रश्न-बेलुनको धागो टुट्यो भने के हुन्छ ?

सो क्रममा धेरै प्रश्न प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सोधिरहेका छन् । उनले मंगलबार पनि पुरानै प्रश्न राखे- धारा ७६ (१) को प्रधानमन्त्रीले सरकार चलाउँदिनँ भन्यो भने के हुन्छ ? अधिवक्ता रूद्र शर्माले जवाफमा भनेर ‘उडिरहेको बेलुनको धागो टुट्यो भने के हुन्छ ? कि ब्रह्माण्डमा विलिन हुन्छ, कि जमिनमा खस्छ ।’

उनले अहिले प्रधानमन्त्रीलाई संसद्‌ले नभई संसद्‌लाई प्रधानमन्त्रीले विश्वास नगरेको अवस्था रहेको उनको भनाइ थियो ।

त्यसपछि अधिवक्ता चन्द्रकान्त ज्ञवालीले बहस गरेका छन् । आजलाई संवैधानिक इजलास उठ्यो, भोलि पुनस् सुनुवाइ हुनेछ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *