दमक, ६ माघ–झापाको कमल गाउँपालिका वडा नम्बर ५ पाडाजुंगीस्थित चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समितिको नयाँ नेतृत्व चयन भएको छ । गएराति सम्पन्न मत परिणाम अनुसार संस्थाको अध्यक्षमा युवा व्यवसायी शान्ताकुमार राई विजयी भएका हुन् ।
राई स्थानीय रोडस्टार होटल एण्ड पार्टी प्यालेसका सञ्चालक समेत हुन् । गठित निर्वाचन समितिका संयोजक जीवराज भट्टराईका अनुसार अध्यक्ष पदका अर्का प्रत्यासी बालकृष्ण गौतमलाई फराकिलो मतान्तरले पराजित गर्दै राई अध्यक्षमा निर्वाचित भएका हुन् ।
राईले २४९ मत पाएका थिए भने उपिवजेता गौतमले ८४ मत पाएका थिए । सचिव पदमा सञ्जयकुमार कुमालले २२१ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्धन्द्धी सुखराज लिम्बुले ११० मत पाएका छन् ।
यसअघि सञ्चालक समितिको उपाध्यक्षमा उषा भण्डारी , सहसचिवमा विनय श्रेष्ठ , कोषाध्यक्षमा रोशन दाहाल र लेखा समिति संयोजकमा प्रेम दुलाल निर्विरोध निर्वाचित भएका थिए ।
त्यस्तै, सञ्चालक समिति सदस्यहरुमा कविता गुरुङ (१८६), ओमकुमार प्रधान (१८३), चन्द्रबहादुर कार्की (१६९), पिताम्बर खडका (२०२), रणबहादुर बराइली (१७५) र भक्तबहादुर काकी (१७३) तथा लेखा सदस्यद्धयमा रेवत गुरुङ (१८०) र सुनिल थापा (१४८) ल्याएर निर्वाचित भएका छन् । ३७२ जना शेयर सदस्य रहेको संस्थाको निर्वाचनमा ३३८ मत खसेको थियो ।
गत पुस २२ गतेदेखि शुरु भएको निर्वाचन प्रकृया सहमति नजुटेपछि हिजो सोमबार मतदानवाट नेतृत्व चयन भएको थियो । निर्वाचन सम्पन्न भट्टराईको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो ।
यसैवीच नवनिर्वाचित समितिको आज विहान संस्थाको आफनै कार्यालयमा सपथग्रहण कार्यक्रम रहेको निर्वाचन समिति संयोजक भट्टराईले वताए ।
