काठमाडौं, ७ माघ–नेपाल एयरलाइन्स नेपाली लिन चार्टर उडान गरी पहिलो पटक मकाउ उड्दै छ । मंगलबार राति साढे ११ बजे निगमको न्यारो बडी विमान नेपाली लिन मकाउ उड्न लागेको हो ।
निगमले चार्टड उडानमार्फत पहिलो पटक मकाउ उडान गर्न लागेको नेपाल वायुसेवा निगमले जनाएको छ । कोभिड १९ ले बेरोजगार भएर अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन निगमले मकाउ चार्टर्ड उडान गर्न लागेको हो ।
चार्टर्ड उडानबाट निगमको विमान पहिलो पटक मकाउ जान लागेको निगम प्रवक्ता करिश्मा श्रेष्ठले बताइन् । मकाउ चार्टर्ड उडानका लागि हङकङस्थित नेपाली महावाणिज्य दूतवासले समन्वय र सहजिकरण गरेको उनले बताइन् ।
नेपालीलाई लिएर निगमको विमान बुधबार विहान १० बजेर ५० मिनेटमा अवतरण गर्ने छ ।
