काठमाडौं, ७ माघ–इग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटी शीर्ष स्थानमा पुगेको छ। गएराति भएको खेलमा चेल्सीलाई २-० गोलले हराउँदै लेस्टर शीर्ष स्थानमा उक्लिएको हो।

लेस्टरका लागि वेल्फ्रेड नेडिडी र जेम्स मेडिसनले गोल गरे। ६४ प्रतिशत बल पोजिसनमा राखेपनि चेल्सीले लेस्टरविरुद्ध गोल गर्न भने सकेन। जितपछि लेस्टर म्यान्चेष्टर युनाईटेडलाई पछि पार्दै ३८ अंकसहित शीर्ष स्थानमा पुगेको हो।

एक खेल कम खेलेको युनाईटेडको ३७ अंक छ। यस्तै, तेस्रो स्थानमा रहेको म्यानचेष्टर सिटीको ३५ र चौथो स्थानको लिभरपुलको ३४ अंक छ। हार व्यहोरेको चेल्सी २९ अंकसहित आठौ स्थानमा झरेको छ।

गएराति नै भएको खेलमा वेष्ट ह्यामले वेष्ट ब्रमुमलाई २-१ ले हरायो।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *