काठमाडौं, ७ माघ–नेपाललगायत छिमेकी मुलुकहरुलाई भारतले अनुदानमा दिने भनिएको कोरोनाविरुद्धको खोप नेपाल ल्याउन अझै दुई साता लाग्‍ने भएको छ ।

कोभिड १९ खोप सचिवालय सदस्य डा श्यामराज उप्रेतीले भने ‘‘भारतले अनुदानमा दिने भने पनि सबै प्रक्रिया पुर्‍याएर नेपाल भित्र्याउन दुई साता लाग्‍ने हामीले अनुमान गरेका छौं ।’’

भारतको विदेश मन्त्रालयले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाललगायत छिमेकी राष्ट्रहरुलाई अनुदानमा खोप उपलब्ध गराउने जानकारी गराएको थियो ।

नेपालमा कति र कहिले ल्याउने भन्नेबारे आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलनमार्फत जानकारी गराउने जनाएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *