काठमाडौं, ८ माघ–इटालियन च्याम्पियन टोली युभेन्ट्सले इटालियन सुपर कप फुटबलको उपाधि जितेको छ । बुधबार राति भएको फाइनलमा नापोलीलाई २–० गोल अन्तरले पराजित गर्दै युभेन्ट्सले उपाधि जितेको हो ।

युभेन्ट्सले यो नवौं पटक उपाधि जितेको हो । युभेन्ट्सलाई उपाधि दिलाउन क्रिस्टियानो रोनाल्डो र अल्भारो मोराटाले एक–एक गोल गरे ।

पहिलो हाफमा गोलरहित बराबरी खेलेको युभेन्ट्सले दोस्रो हाफमा दुई गोल गरेको हो ।

खेलको ६४ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । खेलको इन्जुरी समयमा मोराटाले गोल गर्दै युभेन्ट्सलाई २–० को जित दिलाए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *