काठमाडौं, ८ माघ–अमेरिकी राष्ट्रपति जो बाइडनले ह्वाइट हाउसमा आफ्नो कार्यकाल शुरु गर्दै बहिर्गमित राष्ट्रपति डोनल्ड ट्रम्पले ल्याएका धेरै नीतिहरु उल्ट्याउन कार्यकारी आदेश जारी गरेका छन् ।

शपथ लगत्तै ‘हामीले सामना गरिरहेको संकटसँग जुध्ने क्रममा खेर फाल्ने समय छैन’ भन्दै ह्वाइट हाउस प्रवेश गरेका राष्ट्रपति बाइडनले कोरोना भाइरस महामारीको संकट सम्बोधनमा संघीय कारबाही तीब्र पार्न आदेशहरू जारी गरेका हुन् ।

यसैगरी पूर्ववर्ती ट्रम्प प्रशासनले ल्याएका जलवायु परिवर्तन, आप्रवासन तथा जातीय सम्बन्धका नीति उल्ट्याउने गरी उनले आदेश जारी गरेका छन् । कार्यकारी आदेशसँगै जारी वक्तव्यमा राष्ट्रपति बाइडनले ‘ट्रम्प प्रशासनले पुर्‍याएको क्षति उल्ट्याउने मात्र नभइ देशलाई अघि बढाउने छन्,’ उल्लेख छ ।

जसमा, विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ० बाट फिर्ता हुने निर्णय रद्द गर्दै भाइरस विज्ञ डा। एन्थोनी फाउचीलाई यसै साता हुने डब्लुएचओको अन्तर्राष्ट्रिय कार्यकारी समितिको बैठकमा भाग लिन पठाउने, कोभिडको राष्ट्रिय सम्बोधन गर्ने कार्य केन्द्रीकृत गर्दै सुरक्षा सामग्री, खोप तथा परीक्षण सामग्रीको वितरणमा समन्वय बढाउने, सबै संघीय परिसरमा मास्क तथा दूरीको नियम पालना गरिन, आगामी एक सय दिनसम्म मास्क लगाइरहन आग्रह गरिने छन् ।

वातावरणसम्बन्धी आदेशमा, सन् २०१५ मा हस्ताक्षर गरिएको पेरिस जलवायु सम्झौतामा अमेरिका फेरि संलग्न हुने, विवादास्पद किस्टोन एक्सएल पाइपलाइन निर्माण रद्द गर्ने भनिएको छ ।

आप्रवासनका सम्बन्धमा लिइएका दुई प्रमुख निर्णयमा, ट्रम्पले लागु गरेको तथाकथित मुस्लिम प्रतिबन्ध फुकुवा, मेक्सिकोसँगको सिमानामा पर्खाल निर्माण कार्य बन्द रहेका छन् । एजेन्सी

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *