काठमाडौं, ८ माघ–स्पेनिस च्याम्पियन टोली रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम ३२ बाट बाहिरिएको छ ।

बुधबार राति तेस्रो तेस्रो डिभिजनको क्लब एल्कोयानोसँग अतिरिक्त समयमा २–१ ले पराजित हुँदै रियल बाहिरिएको हो । एल्कोयानोको मैदानमा रियलले पहिले अग्रता बनाएको थियो ।

रियलका लागि खेलको ४५ औं मिनेटमा इडर मिलिटाओले गोल गर्दै अग्रता दिलाएका थिए । ८० औं मिनेटमा एल्कोयानोका जोस सोल्वेसले बराबरी गोल फर्काए । त्यसपछि निर्धारित समयमा थप गोल भएन र खेल अतिरिक्त समयमा लम्बिएको थियो ।

खेलको १०९ औं मिनेटमा एल्कोयानो १० खेलाडीमा समेटियो । उसका रामोन लोपेज दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिए । ११५ औं मिनेटमा जुआनानले गोल गर्दै एल्कोयानोलाई २–१ को जित दिलाए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *