काठमाडौं, ११ माघ–नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को स्थायी कमिटी बैठक आज बस्दै छ ।

बैठक दिउँसो साढे १२ बजेका लागि बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

पेरिसडाँडामा बस्ने बैठकमा संसद् विघटनविरुद्धको आन्दोलन, समसामयिक राजनीतिक विषयलगायतमा छलफल हुनेछ ।

नेकपाले शुक्रबार काठमाडौँमा शक्ति प्रदर्शन गरेको थियो । बैठकमा त्यसको समीक्षा हुने र थप आन्दोलनका कार्यक्रम तय गरिने जनाइएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *