काठमाडौं, ११ माघ–प्रदेश १ का मुख्यमन्त्री शेरधन राई वैवाहिक जीवनमा बाँधिएका छन् ।

काठमाडौंस्थित एक पार्टी प्यालेसमा मुख्यमन्त्री राईले जाङ्मु शेर्पासँग आज बिवाह गरेका हुन् ।

मुख्यमन्त्री राईको वैवाहिक समारोहमा पार्टीका सीमित नेता र आफन्तहरुको सहभागिता रहेको थियो ।

मुख्यमन्त्री राईले ४९ वर्षको उमेरमा विवाह गरेका हुन् भने बेहुली जाङमु शेर्पा २३ वर्षीया हुन् ।

उनीहरुको परम्परागत तरिकाले विवाह भएको हो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *