झिलझिले, ११ माघ–झापाको झिलझिलेमा स्थापना भएको युङ्गी क्याफे एण्ड वारको उद्घाटन गरिएको छ । शिबसताक्षी–८ झिलझिलेस्थित बुद्ध चौकमा रहेको युङ्गी क्याफे एण्ड वारको आज एक कार्यक्रमबीच समुउद्घाटन भएको हो ।
शिबसताक्षी नगर प्रमुख चन्द्र कुमार शेर्मा, बरिष्ठ लोकगायक सिताराम ताजपुरिया र उद्योग बाणिज्य संघ शिबसताक्षीका अध्यक्ष भोला मैनालीले संयुत्त रुपमा क्याफे एण्ड वारको उद्घाटन गर्नुभएको हो ।
युवा व्यवसायि एबम् शिबसताक्षी नगरका सामाजिक अगुवा तुलाराम वोखिम लिम्बूले युङ्गी क्याफे एण्ड वार सञ्चालनमा ल्याउनुभएको हो । सो क्याफे एण्ड वारमा रु १ करोड ३० लाख लगानी रहेको सञ्चालक वोखिमले जानकारी दिनुभयो ।
सञ्चालक वोखिमका अनुसार दमक–सुरुङ्गा र विर्तामोडबीचमा व्यवस्थित क्याफे एण्ड वारको आवश्यत्ता भएको महुसुष गर्दै युङ्गी क्याफे एण्ड वार सञ्चालनमा ल्याएको बताउनुभयो । वहाँले हालः क्याफे एण्ड वारमा २२ जनाले रोजगार पाएको जानकारी गराउनुभयो ।
क्याफे एण्ड वारमा बेकरी सम्बन्धीका विभिन्न स्वादहरुसहित युङ्गी स्पेसलका अन्य खानाका स्वादहरु उपलब्ध हुने सञ्चालक वोखिमले बताउनुभयो ।
क्याफे एण्ड वारको उद्घाटनको अवसर पारेर वरिष्ठ लोकगायक ताजपुरियालाई नगद १० हजारसहित दोसल्ला ओढाएर सम्मान गरिने कार्यक्रममा जानकारी गराएको थियो ।
आजदेखी एक सातासम्म साँझमा सांगीतिक कार्यक्रम हुने र आज पहिलो दिनको साँगीतिक कार्यक्रमको अवसरमा लोक सँस्कृतिकर्मी ताजपुरियालाई नगदसहित सम्मान गरिने सञ्चालक वोखिमले जानकारी गराउनुभयो । ताजपुरिया गौरादह निवासी हुन् । उनी रेडियो नेपालबाट अवकास प्राप्त हुन् ।
कार्यक्रममा नगर प्रमुख शेर्मा, बरिष्ठ लोक गायक ताजपुरिया, उद्योग वाणिज्य संघका अध्यक्ष मैनाली, दोमुखा पर्यटन विकास संस्थाका सचिव धनकुमार ढकाल, सामाजिक व्याक्तित्व चन्द्रवीर नेम्बाङ, रतन थिङलापु लिम्बू, सन्तोष कुमार मेन्याङ्बो र वीरबल जबेगु लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
सो कार्यक्रममा वडा अध्यक्ष नविन इजम, युवा नेता महेन्द्र भट्टराई, आन्छी क्याफे एण्ड वारका सञ्चालक दिपक मेन्याङ्बो, वाटर किनडम पार्कका सञ्चालक राजकुमार संग्रौला, व्यवसायी कुमार खालिङ राई, यमनाथ काफ्ले, सामाजिक अगुवा दुर्गा नेम्बाङ, सुमन गुप्ता, खनिमाया श्रेष्ठ, जापान थेबे, राजु तिखत्री, भीम कार्की, मंगलबारे बजार व्यवस्थपान समिति अध्यक्ष भीम नेम्बाङ, बुद्ध पेहिम लिम्बू, छत्रबाबु ओझा, सन्त फेवादेन लिम्बू, पशुपती एकाडेमी झिलझिलका प्रिन्सिपल चन्द्रप्रसाद खनाल लगायतका व्याक्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सामाजिक अगुवा प्रेम शेर्माले गरेका थिए ।

