काठमाडौं, ११ माघ–‘दुबै समूहले विवरण संशोधन गर्न गरेको दाबी विधान सम्मत नदेखिएकोु जनाएर निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुबै समूहले गरेको निर्णयलाई अस्विकार गरेको छ ।
आइतबार बसेको आयोगको बैठकले दुबैको दाबी नपुगेको निष्कर्ष सहित नेकपा विभाजन भए पनि आयोगले भने पुरानै नेकपालाई मान्यता दिएको हो। सो नर्णय बारे आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले विवरण हेरफेर गर्न नमिल्ने निर्णय गरेको पुष्टि गरेका छन्।
प्रचण्ड-माधव समूहले केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको थियो भने ओली समूहले केन्द्रीय सदस्य थप गरेको जनाएको थियो ।
यसअघि निर्वाचन आयोगले नेकपाका दुबै समूहलाई आफ्नो दाबी सच्याएर प्रस्तुत गर्न सात दिने म्याद दिएर पत्राचार गरेको थियो ।
‘उहाँहरुको विवरण हेरफेर गर्न नमिल्ने देखियो’, प्रवक्ता श्रेष्ठले भने ‘साविकको विवरण कायम रहेको जानकारी दुबै नेकपाका अध्यक्षलाई दिने निर्णय भयो।‘
आयोगको निर्णयलाई लिएर दुबै समूहले कुनैं प्रतिक्रिया सार्वजनिक गरेका छैनन् ।
