एजेन्सी, १२ माघ–बोलोग्नालाई हराउँदै युभेन्टस सिरिए को चौथो स्थानमा उक्लिएको छ। नेपाली समयअनुसार आज साँझ घरेलु मैदानमा भएको खेलमा युभेन्टसलाई जिताउन अर्थुर मेलो र वेस्टर्न मेकिनीले गोल गरे।

खेलको १५ औं मिनेटमै पूर्व बार्सिलोना डिफेन्स अर्थुरले टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफ १–० मा सकिएको थियो। दोस्रो हाफमा ७१ औं मिनेटमा पुन गोल गर्दै युभेन्टसले जारी लिगमा स्पष्ट तीन अंक जोड्न सफल भयो।

पछिल्लो पाँचमध्ये १ खेलमा पराजय भोगेको युभेन्टसलाई यो खेलले राहत मिलेको छ। १८ खेलपछि ३६ अंक बनाएको उसले २ खेल गुमाउँदा ६ खेलमा बराबरी गरेको छ।

हारपछि बोलोग्रा भने १३ औं स्थानमा झरेको छ। १९ खेलपछि उसको २० अंक छ।

शीर्ष स्थानमा रहेको एसी मिलानले गएराति पराजय भोगेपछि र दोस्रो स्थानको इन्टर मिलानले पनि बराबरी खेलेपछि युभेन्टसलाई केही फाइदा भने भएको छ। यद्यपि एक खेल बढी खेलेको एसी मिलानको अंक भने युभेन्टसको भन्दा ८ ले बढी छ। त्यस्तै १९ नै खेलपछि इन्टर मिलान ४१ अंकका साथ दोस्रो स्थानमा छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *