काठमाडौं, १२ माघ–एफए कप फुटबलमा म्यानचेस्टर युनाईडेले आफ्नो पुरानो प्रतिद्वन्द्वी लिभरपुलविरुद्ध ३–२ गोलको रोमाञ्चक जित निकालेको छ।

घरेलु मैदान ओल्ड ट्राफोडमा युनाइटेडको जितका लागि मासन ग्रीनउड, मार्कुस राशफोड र ब्रुनो फर्नान्डेजले गोल गरे। लिभरपुलका लागि दुबै गोल मोहम्मद सलाहले गरे। खेलको १८ औँ मिनेटमा सलाहको गोलबाट लिभरपुलले लिएको अग्रता २६ औँ मिनेटमा युनाइटेडका ग्रीनउडले गोल गर्दै बराबरी बनाए।

पहिलो हाफ १–१ गोलको बराबरी भएको खेलमा ४८ औँ मिनेटमा राशफोर्डले गोल गर्दा म्यानचेस्टर युनाईटेड २–१ गोलले अगाडि बढ्यो। ५८ औँ मिनेटमा सलाहले दोस्रो गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए। खेलको ७८ औँ मिनेटमा फर्नान्डेजको फ्री किकमा गोल गर्दै युनाइटेडलाई ३–२ गोलको जित सुनिश्चित गराए।

गएरातिको जितसँगै युनाइटेड एफए कप फुटबलको पाँचौँ चरणमा प्रवेश गरेको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *