काठमाडौं, १२ माघ–प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटार छाडेर आराम गरेर बस्न सुझाएका छन् । पेरिसडाँडामा सोमबार प्रदेश २ का कार्यकर्ता भेलामा नेपालले आफूलाई अहिले निर्वाचन आयोगले अध्यक्षको मान्यता नदिए पनि आफू घुमिफिरी अध्यक्ष बन्ने बताए ।

‘निर्वाचन आयोगले लेखेको पत्रमा हामी ४४१ जनाको केन्द्रीय कमिटी र ४५ जनाको स्थायी कमिटीलाई हामी मान्नेछौं भनिएको छ । र दुई अध्यक्ष, अहिले माधव नेपाललाई मान्दिनँ पनि भन्या छ । केही भा छैन । अहिले प्रचण्डलाई मान्छु भनेपछि उहाँको आधिकारिकता त रह्यो । केपी ओलीलाई हटाइसकेका छौं, ओली समाप्त ।

केन्द्रीय कमिटीबाट हटाइसकेछि,ू नेपालले भने, ‘पत्रमा लेखिएको छ अनुशासनको कारबाही गर्ने व्यवस्था त्यही पुरानो लागु हुनेछ । भनेपछि दुई अध्यक्षमध्ये एक अध्यक्ष बाँकी छ । घुमिफिरि म त आउने नै भएँ । केपी ओलीजी केही चान्स छैन तपाईंको, खुरुक्क बालुवाटार छाड्नुस् । आराम गरेर बस्नुस् ।’

कार्यक्रममा नेपालले पार्टी एकताका बेलामा दर्ता भएको विधानलाई आयोगले मान्यता दिँदा आफूहरुसँगै बहुमत रहने जिकिर गरे । उनले ओलीको पार्टीलाई सडकछापको संज्ञा दिए ।

‘निर्वाचन आयोगले २०७५ जेठ २३ गते प्राप्त गरेको विवरण, त्यो बेलामा प्राप्त गरेको विधानबाहेक अरु कुनै कुरा पनि मानिने छैन भनेपछि धुलोछाप या सडकछाप पार्टीको कुनै अर्थ छैन । क्लियर भएन ४४१ केन्द्रीय कमिटी र ४५ जनाको स्थायी कमिटी ।

स्थायी कमिटीमा हामीसँग २८ जना छन् । केपीको सानो झुन्डसँग थोरै मान्छे छन् । ४४१ मध्ये ४३४ जना केन्द्रीय कमिटीमा हुनुहुन्छ,’ उनले भने, ‘केहीको मृत्यु भो केही राजनीतिक नियुक्ति भएका छन् । ४३४ मध्ये ३०० भन्दा बढी सदस्य हामीसँग छन् । १०० जनाको सेरोफेरोमा ओलीकामा छन् । केपी ओलीसँग एकचौथाइको सेरोफेरोमा छन् । हामीसँग ७० प्रतिशत छन् ।’

उनले सेटिङ गरेर नबस्न चेतावनी पनि दिए । उनले सूर्य चिह्‍न पनि आफ्नो पक्षको हुने गरे ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *