काठमाडौं, १२ माघ–नेपालमा पछिल्लो २४ घण्टामा थप ३३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चार हजार ८५८ स्वाब परीक्षण गर्दा १३३ महिला र २०६ पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार ७८९ पुगेको छ । जसमध्ये २ लाख ६४ हजार ५३८ जनाले कोरोना जितेका छन् । सोमबार थप ४०१ जना डिस्चार्ज भएका छन् । यो ९८।१ प्रतिशत हो । नेपालमा अहिलेसम्म २० लाख ४८ हजार ११३ जनाको आरटी पीसीआर परीक्षण भएको छ ।
मन्त्रालयका अनुसार हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ११ पुगेको छ । सोमबार थप १० जनाको मृत्यु मन्त्रालयले पुष्टि गरेको छ । अहिले सक्रिय संक्रमितको संख्या ३ हजार २४० छ । यस्तै, १३२ जना क्वारेन्टिनमा छन् भने ३ हजार २४० जना आइसोलेसनमा छन् ।
यस्तै, मन्त्रालयका अनुसार कोरोनाका गम्भीर १३० जना आइसीयूमा र १९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
