काठमाडौं, १३ माघ–पाकिस्तानको माउन्ट के टु चढेर १० नेपाली स्वदेश फर्किएका छन् । उनीहरुले जाडो मौसममा चढेर विश्व कीर्तिमान कायम गरेका हुन् । १० नेपाली शेर्पाले शनिबार साँझ ५ बजे के टुको शिखर पुगेका थिए ।

निर्मल पुर्जाको नेतृत्वमा गएका मिङ्मा डेभिड, मिङ्मा तेन्जी, मिङ्मा ग्याल्जी, गेल्जे शेर्पा, दावा तेम्बा शेर्पा, पेम छिरी शेर्पा, किलु पेम्बा शेर्पा, दावा तेन्जिङ शेर्पा र सोना शेर्पा सहभागी थिए ।

माउन्ट के टु विश्वको दोस्रो अग्लो हिमाल हो । के टु समुद्र सतहबाट ८ हजार ६११ मिटर उचाइमा रहेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *