काठमाडौं, १३ माघ–नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बैठक बस्ने छ ।

बैठक प्रतिनिधिसभा विघटनविरुद्ध कसरी अघि बढ्ने भन्ने विषयका साथै प्रदेश १ र वागमती प्रदेशका मुख्यमन्त्रीविरुद्ध दर्ता अविश्वास प्रस्ता, पार्टीको १४औं महाधिवेशनलगायत विषयमा छलफल हुने बताइएको छ ।

पुस ७ गते सुरु कांग्रेस केन्द्रीय समिति बैठकले संसद् विघटन असंवैधानिक भएको ठहर गरेको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *