काठमाडौँ, १३ माघ–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता योगेश भट्टराईले संसद् पुनःस्थापना गर्नुको अर्को विकल्प नरहेको बताएका छन्।

मंगलबार ताप्लेजुङमा आयोजित सभालाई सम्बोधन गर्दै नेता भट्टराईले न्यायालयले संविधानमा टेकेर फैसला गर्ने उल्लेख गर्दै फागुनमा संसद् पुनःस्थापना हुने जिकिर गरे। ‘संसद पुनःस्थापना गर्नुको अर्को विकल्प छैन।’ उनले भने,‘न्यायालयले संविधानलाई टेकेर नै फैसला गर्नेछ। फागुनमा संसद पुनःस्थापना हुन्छ ।’

सम्बोधनका क्रममा उनले संसद् पुनःस्थापना गरेर संविधानलाई बचाउने अभियानमा साथ दिन कांग्रेसलाई पनि आग्रह गरेका थिए।

उनले आफू मन्त्रिपरिषद्मा हुँदा ओलीका हरेक निर्णयलाई साथ दिने गरेको पनि उल्लेख गरेका थिए। उनले भने, ‘आफूलाई ओलीले मन्त्री बनाएको भएपनि असंवैधानिक कदममा साथ दिन सकिन ।’

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *