काठमाडौं, १४ माघ–नेकपा उपाध्यक्ष वामदेव गौतमको नेतृत्वमा ‘पार्टी एकता राष्ट्रिय अभियान’ घोषणा कार्यक्रम सुरु भएको छ। ललितपुरको धोबीघाटमा आयोजित कार्यक्रमका बीच उपाध्यक्ष गौतमले पार्टी एकता राष्ट्रिय घोषणा गरेका हुन् ।

गौतमले एकताको अवधारणापत्र समेत प्रस्तुत गरेका छन् । पार्टीको एकता राष्ट्रिय अभियानमा केन्द्रमा एक अधिकारसम्पन्न केन्द्रीय समन्वय समिति रहने बताइएको छ । केन्द्रमा अधिकतम ६ सय ५१ सदस्य रहने व्यवस्था गरिएको र केन्द्रीय समन्वय समितिमा धेरैमा १ सय ५१ सदस्यीय कार्यसम्पादन समिति गठन गरिने पनि अवधारणापत्रमा उल्लेख छ ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य हरि पराजुली, कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन, पूर्व सांसद माया ज्ञवाली, बागमी प्रदेशका प्रदेशसभा सदस्य विदोन खड्का सहभागी छन्।

त्यस्तै कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकूलपति प्रा.डा. हीराबहादुर महर्जन, कीर्तिपुर नगरपालिका उपप्रमुख सरस्वती रिजाल खड्का, केबी उप्रेती र डिबी कार्की सहभागी छन्।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *