काठमाडौं, १४ माघ–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता बामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिसभा विघटन गरेर ठूलो गल्ती गरेको बताएका छन् ।

नेता बामदेव गौतमले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा भङ्ग नगरी राजीनामा दिएको भए उनको इज्जत नै अर्कै हुने थियो भन्दै ओलीको कार्यको टिप्पणी गरेका छन् । बुधबार नेकपा एकता अभियानको घोषणा गर्दै उनले भने ‘पार्टी फुटे फुट्छ भनेर प्रतिनिधिसभा भङ्ग गरियो, प्रतिनिधिसभा भङ्ग नगरी राजीनामा दिएर राष्ट्रपतिकोमा गएको भए के हुन्थ्यो केपी ओलीको शान रु’

ओलीले संसद विघटन गरेर नेपालको संस्कृति नै ध्वस्त बनाएको उनले बताए । ‘जहाँ हामी जान खोजेको सभ्यता थियो, त्योबाट हामी धेरै तल झर्‍यौं’ गौतमले भने । पार्टी फुटेकामा नेपाली कांग्रेसलगायतका अन्य दलहरु समेत खुशी नभएको गौतमले बताएका छन् । नेता गौतमले आफूहरुले नयाँ पार्टी बनाउन नलागेको बताए । तर आफ्नो अभियानमा धेरैले साथ दिने उनले जिकिर गरे । ‘६ महिनामा काठमाडौंमा बस्न नसक्ने गरी जनता जुटाउन सक्छु, त्यो शक्ति निर्माण हुँदैछ’ नेता गौतमले दावी गरे ।

गौतमले प्रचण्ड र केपी ओलीतिर भएका कार्यकर्ता एकता अभियानतिर ल्याएपछि पार्टी एकता भएरै छाड्ने जिकिर गरे । ‘पार्टी एकता हुँदै भएन भने के गर्ने ? भन्ने पनि साथीहरुको जिज्ञासा छ’ उनले थपे, ‘हुँदै भएन भने त्यतिबेला हाम्रो केन्द्रीय कमिटी बसेर निर्णय गरौंला ।’ पार्टीमा ठूला नेता विभाजित भए पनि दोस्रो र तेस्रो पुस्ताका नेताहरु अत्यन्त चिन्तित रहेको गौतमले बताएका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *