दमक, १४ माघ–जिल्लाको भद्रपुर, बिर्तामोड र दमकस्थित सरकारी अस्पतालमा आज कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउन शुरु गरिएको छ । दमक २ स्थित कोभिड उपचार केन्द्रमा एक कार्यक्रम गरि खोप दिन सुरू गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।

खोप अभियानको राष्ट्रिय सभा सदस्य देबेन्द्र दाहालले शुभारम्भ गरे । दमकमा पहिलो खोप  दमकस्थित आम्दा अस्पतालका पूर्व सुपरीटेन्डेन्ट डा नबिन ढकाललाई खोप दिईएको थियो ।

दमकमा खोप लगाउदै डा ढकाल

त्यस अवसरमा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, उप प्रमुख गिता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिना, इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक डिएसपी नवराज कार्की, वडा अध्यक्षहरू, स्वास्थ्यकर्मी, बिभिन्न संघ सस्थाका प्रतिनिधि लागायतको उपस्थिति रहेको थियो ।

यसैगरि. उता भद्रपुरस्थित मेची प्रादेशिक अस्पताल भने डा मनिष सुवेदी र अनारमनी स्वास्थ्य केन्द्र विर्तामोडमा डा हेमन्त राठीले पहिलो खोप लगाएका छन् । डा सुवेदी मेची प्रादेशिक अस्पताल र डा राठी लावण्य हेल्थकेयर क्लिनिकमा कार्यरत छन् ।

जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंका अनुसार भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले खोप अभियानको शुभारम्भ गरे । सो अवसरमा प्रजिअ श्रवणकुमार तिम्सिनालगायतका सरकारी कार्यालयका प्रमुखहरुको उपस्थिति थियो ।

विर्तामोडस्थित अनारमनी स्वास्थ्य केन्द्रमा स्थानीय नगरप्रमुख ध्रुव शिवाकोटीले खोप अभियान सफलताको शुभकामना मन्तव्य व्यक्त गरेर अभियानको प्रारम्भ गरे ।पहिलो चरणको खोप कोभिड–१९ को महामारीविरुद्ध अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स र शववाहनका चालक, सुरक्षाकर्मी र व्यवस्थापकीय कार्यमा खटिएका कर्मचारीलाई लगाइएको प्रजिअ श्रवणकुमार तिम्सिनाले बताए ।

झापामा नौ हजार जनालाई पुग्ने गरी भारतमा उत्पादित कोभिशिल्ड नामक कोरोना खोप सरकारले पठाएको छ । देब्रे पाखुरामा स्वास्थ्यकर्मीले खोप लगाएका थिए । आधा मिलिलिटर मात्रामा खोप पाखुराको मासुमा लगाइने र दोस्रो खेप चार हप्तापछि लगाइने फोकल पर्सन चौलागाईंले जानकारी दिए । झापाको मेची अस्पतालमा भद्रपुर, मेचीनगर, हल्दिबारी र कचनकबल पालिकाका लागि खोप अभियान सञ्चालन गरिएको छ ।

यसैगरी. अनारमनी स्वास्थ्य केन्द्रमा विर्तामोड, अर्जुनधारा, बुद्धशान्ति, झापा, कनकाई र बाह्रदशी पालिकाका व्यक्तिहरुलाई खोप लगाइने भएको छ । दमक अस्पतालमा दमक, गौरादह, गौरीगञ्ज, कमल र शिवसताक्षी पालिकाका व्यक्तिहरुले खोप लगाउनेछन् ।

७७ जिल्लाका ३०० खोप केन्द्रमार्फत खोप लगाईदै कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोपको आज बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल विधिबाट खोपको शुभारम्भ गरेका हुन् ।

प्रधानमन्त्रीले शुभारम्भ गरेसँगै आज सातवटै प्रदेशमा रहेका ६२ अस्पताल, उपत्यकाका १७ अस्पताल र १२० भन्दा बढी खोप केन्द्रबाट सूचीकृतमा परेका व्यक्तिलाई एकैसाथ खोप दिइन सुरू गरिएको छ। ७७ जिल्लाका ३०० खोप केन्द्रमार्फत पनि खोप प्रदान गरिने कार्यक्रम रहेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *