जीवनसिंह राजवंशी दुधे, १४ माघ–झापाको शिवसताक्षी–१० स्थित दिपेन्द्र आधारभुत विद्यालयमा अध्ययनरत बिद्यार्थींहरुलाई न्यानो कपडा बितरण गरीएको छ । बुधबार एक कार्यक्रमकाबीच बिद्यालयमा अध्ययनरत २५ जना बिद्यार्थीहरुलाई स्वेटर टोपी बितरण गरीएको हो ।

गोपाल गौरी दिगो बिकास प्रतिष्ठानका अध्यक्ष इन्दिरा गौतमकी हजुरआमा हिरण्य पोखरेलको १३औं पुन्यतीथिको अवसर पारेर बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरीएको छ । जाडो मौसममा चिसोका कारण बिद्यार्थीको पठन–पाठनमा समस्या नहोस् भन्ने उद्धेस्यले न्यानो कपडा बिरण गरीएको प्रतिस्ठानकी अध्यक्ष गौतमले बताउनुभयो ।

यस अघि पनि प्रतिस्ठानले शिबसताक्षी नगरका ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा बितरण तथा विभिन्न कार्यक्रममको आयोजना गर्दै आएको जनाइएको छ ।

कार्यक्रममा सिवसताक्षी नगरपालिकाकी उपप्रमुख एबम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेत्री भोजकुमारी नेपाल, सतासीधाम जेसिज बर्ष २०२० का अध्यक्ष कुमारसिंह सावा लगायतको सहभागीता रहेको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *