काठमाडौं, १४ माघ–मुलुकभर पहिलो दिन ९ हजार ८४ जना व्यक्तिले कोभिड विरुद्धको खोप लगाएका छन्। ६४ जिल्लाको ९३ खोप केन्द्रमा स्वास्थ्यकर्मी, सफाइकर्मी र एम्बुलेन्स चालकलगायत अन्य अग्रपंक्तिमा खटिएकालाई खोप लगाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

सबैभन्दा बढी खोप बागमतीमा प्रदेशमा २६ सय ९४, सबैभन्दा कम २ नम्बर प्रदेशमा ७ सय २६ ले लगाएका छन्। गण्डकीमा १८ सय ४३, प्रदेश १ मा १२ सय ५५, सुदूरपश्चिममा १ हजार ८२ र कर्णालीमा ७ सय ३३ व्यक्तिले लगाएका छन्।

खोप लगाएका कुनै पनि व्यक्तिलाई समस्या नदेखिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्। खोप लगाउन स्वत स्फुर्त रुपमा सहभागी सबैप्रति आभार प्रकट गर्न चाहेको उनले बताए।

गौतमले जारी गरिएको विज्ञप्तिमा लेखिएको छ-‘छोटो समयमा खोप तालिम ढुवानी तथा वितरण सञ्चार र खोप केन्द्रहरूको व्यवस्थापन गरी यस अभियानलाई सफल पार्न नेतृत्वदायी भूमिका खेल्नु हुने सबै तहका समन्वय तथा अनुगमन समिति, राजनीतिज्ञ, स्वास्थ्यकर्मी, स्वयंसेवकहरू, सुरक्षाकर्मी तथा व्यवस्थापकलाई विशेष धन्यवाद दिन चाहन्छ।’

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *