झिलझिले, १४ माघ–सताक्षी प्रेष क्लबले आज झापाको शिबसताक्षी नगरपालिकामा कार्यालय भवनका लागि जग्गाको प्रवन्ध मिलाइ दिन र प्रेष क्लबद्धारा स्थापना गरिएको अक्षयकोष निर्माणमा सहयोगको माग गरेको छ ।
क्लबले एक टोलीले आज नगरपालिकाको कार्यालय व्याङडाँडामा नगर प्रमुख र उपप्रमुखलाई उक्त मागसहितको ज्ञापन–पत्र हस्तान्त्रण गरेको छ ।
क्लबका अध्यक्ष कृष्णचन्द्र सेलिङसहितको टोलीले नगर प्रमुख चन्द्र शेर्मा र उपप्रमुख भोजकुमारी नेपाललाई शिबसताक्षी नगरक्षेत्रमा क्रियाशिल पत्रकारहरुको क्षमता विकास, पेशागत अधिकारसहित कार्यालय भवन निर्माणका लागि जग्गाको प्रवन्ध गराइदिन माग गरेको क्लबका सहसचिव गोविन ल्वागुनले बताए ।
सहसचिव ल्वागुनका अनुसार सोही क्रममा सताक्षी प्रेष क्लबद्धारा स्थापना गरिएको अक्षयकोषलाई बृद्धि गर्नसमेत नगर प्रमुख र उपप्रमुखसँग माग गरिएको छ । सो क्रममा क्लबबाट गएको टोलीलाई नगर प्रमुख र उपप्रमुखले जग्गाको प्रवन्ध छिट्टै नगर कार्यापालिकाको बोर्ड बैठकले छलफल गरेर निर्णय गरिने आश्वाशन दिएको टोलीमा सहभागि पत्रकार ल्वागुनले बताए ।
गत, मंसिरमा सताक्षी प्रेष क्लबको अधिवेशनबाट पत्रकार सेलिङको अध्यक्षतमा नयाँ कार्यसमिति गठन भएको छ । यसअघि, सताक्षी प्रेष क्लबको अध्यक्ष छबिलाल डवाडी थिए । उनी दुई कार्याकाल अध्यक्षको जिम्मेवारीमा रहेर प्रेष क्लबको विकास र प्रवर्दनमा महत्वपूर्ण योगदान गरेका थिए ।
स्थानीय पत्रकारहरुको छाता संस्था सताक्षी प्रेष क्लब हो । यस क्लबमा शिबसताक्षी नगरपालिकाका झण्डै दुई दर्जन पत्रकारहरु आवद्धछन् ।
