दुधे, १५ माघ–संसद विघटन भएसँगै रष्ट बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई अलग–अलग समुहमा बिभाजित छ । पार्टी केन्द्रमा भारी बहुमतसहित अलग भएको नेकपाको दाहाल–नेपाल नेतृत्वले यतिवेला देशभरी सडक सघर्षका कार्यक्रमहरु सञ्चालन गरिरहेका छन् ।
पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारढा सदस्यबाट समेत दाहाल–नेपालले कार्वाही गरेका छन् । प्रतिनिधिसभा संसद पुर्नस्थापना, सरकार बिघटन, पार्टी र चुनाव चिन्हको आधिकारिकताको माग गदै दाहाल–नेपाल पछिल्लो समय देशभरको कार्यक्रममा आक्रमक ढंङ्गमा प्रस्तुत भइरहेका छन् ।
यसैबीच, प्रतिगमनबिरुद्ध झापाको शिबसताक्षीमा नेकपा नगर कमिटिद्धारा गठित सघर्ष समितिले आज साँझ दुधेमा मसाल जुलुशको कार्यक्रम गर्ने भएको छ । नगर कमिटिका अध्यक्ष महेन्द्र भट्टराईका अनुसार नगर स्तरीय सडक सघर्ष समितिद्धारा शिबसताक्षीको दुधे बजारमा मसाल जुलुशको कार्यक्रम गरिने भएको हो ।
शिबसताक्षी नगरपालिकाकी उपप्रमुख एबम् नेकपा झापाकी जिल्ला सदस्य भोजकुमारी नेपालको संयोजकत्वमा यसअघि नै ५५५ जनाको सघर्ष समिति गठन भएको छ । सो समितिको उपाध्यक्षमा नेकपा झापाकी सदस्य नरमाया कार्की, एनपी लामिछाने, राज सुब्बा र शिबसताक्षी–७ का वडाध्यक्ष एबम् युवा संघ नेपाल झापाका उपाध्यक्ष नबिन लिम्बू छन् ।
मसाल जुलुशलाई सभ्य र मर्यादित ढंङ्गमा सफल बनाउने सघर्ष समितिका सहसचिव एबम् नेकपा शिबसताक्षीका बुद्धिजिबी घनश्याम पोख्रेलले जानकारी दिनुभयो । वहाँका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमाथि आक्रमण गरेर देशलाई कमजोर बनाउन खोजेको र त्यसखाले प्रवित्तिलाई असफल बनाउन सडक सघर्षका कार्यक्रम गर्नुपरेको हो ।
सो कार्यक्रममा नगरभरीका झण्डै दुई सयको संख्यामा नेता–कार्यकर्ता र शुभेच्छुकहरुले सहभागि जनाउने नेकपा झापाकी नेत्री नरमाया कार्कीले बताउनुभयो ।
