झापा, १५ माघ–झापामा एक २७ वर्षीया महिलालाई जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–१ बस्ने २९ वर्षीय सुमन घिमिरे रहेका छन् । उनलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको केन्द्री प्रहरी समाचार कक्षले जनाएको छ ।

घिमिरेले महिलालाई आइतबार दिउँसो जबरजस्ती करणी गरेको पीडित महिलालाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *