काठमाडौं, १५ माघ–नेकपा प्रचण्ड–माधव समूहका नेता तथा यो समूहका लुम्बिनी प्रदेश इन्चार्ज युवराज ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन निर्वाचन गराउने नियतले नगरेको आरोप लगाएका छन्। प्रचण्ड-माधव समूहले रुपन्देहीको बुटवलमा आयोजना गरेको विरोधसभामा यस्तो बताएका हुन्।

कार्यक्रममा ज्ञवालीले प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेर कम्युनिस्ट पार्टीलाई छिन्नभिन्न पारेका आरोप पनि लगाए। ुरगत बगाएर ल्याएको व्यवस्थालाई ओलीले कमजोर बनाएु उनले भने।

चुनाव एउटा नाटक भएको र चुनाव गर्नलाई संसद विघटन नभएको र यो झुटो भएको उनले आरोप लगाए। केपी ओली कम्युनिस्टको खोल ओढेका विरोधी भएका र मुलुकलाई कमजोर बनाउने राष्ट्रघाती भएका पनि उनले आरोप लगाए।

केपी ओलीबिनाको कम्युनिष्ट पार्टी आफूहरुले बनाउने भन्दै उनले केपी ओलीबिनाको कम्युनिस्ट पार्टी मात्र सच्चा कम्युनिष्ट पार्टी हुने पनि उनले बताए।

कम्युनिष्ट पार्टी रक्षाका लागि सबै जनालाई उनले एकताबद्ध भएर लाग्न पनि उनले अनुरोध गरेका छन्।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *