दुधे, १५ माघ–झापाको शिबसताक्षी नगरपालिकाको दुधेमा आज साँझ मसाल जुलुस निकालिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) शिबसताक्षी नगर कमिटिद्धारा गठित प्रतिगामी बिरुद्धको सघर्ष समितिले आयोजना गरेको मसाल जुलुसमा दुई सय बढी नेता–कार्यकर्ताहरुले सहभागिता जनाएका थिए ।

दुधेस्थित सतासी आधारभूत बिद्यालयको प्राङ्गणबाट सुरु भएको मसाल जुलुस दुधे चौकमा आएर कोणसभा गरिएको थियो । सो सभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश १ सदस्य नीलमणि बराल र प्रदेश १ का प्रदेशसभा सदस्य सांसद झलकसिंह दर्लामी मगरले सम्बोधन गरेका थिए ।

कोणसभालाई सम्बोधन गर्नुहुदै नेता बरालले प्रधानमन्त्री ओलीको तानाशाह प्रवित्ति बिरुद्ध देशव्यापी आन्दोलन गर्नु बाहेक अरु बिकल्प नरहेको बताउनुभयो । वहाँले ओली पार्टीभित्र र सरकारको नेतृत्वमा असक्षम र अराजक ढंङ्गले प्रस्तुत भएपछि पार्टीमा विकरालका समस्याहरु उत्पन्न भएको बताउनुभयो ।

नेता बरालले बहुमत प्राप्त सरकारप्रति जनताका अटुट बिश्वासलाई प्रधानमन्त्री ओलीले कुठराघात गरेको बताउनुभयो । ओली प्रधानमन्त्री पार्टीले बनाएको हो, नेता बरालले भन्नुभयो–तर, वहाँ आफ्नो खुशी, इच्छा र चाहानाले मात्र काम गरिरहेको कारण यस्तो समस्या उत्पन्न भएको हो ।

नेता बरालले बिघटित प्रतिनिधिसभा पुर्नस्थापना हुनेमा आफु ढुक्क र आशाबादी रहको बताउनुभयो । बरालले पाँच बर्षसम्मलाई जनताले चुनेर पठाएको जनप्रतिनिधिहरुले इमान र इज्जतका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तैं, सो कोणसभामा सांसद दर्लामीले प्रधानमन्त्री केपी शर्मा ओलीले शक्तिको दुरुपयोग गरेको बताउनुभयो । वहाँले बहुमतसहितको संघीय र प्रदेश सरकारको सम्मान र प्रतिष्ठालाई प्रधानमन्त्री ओलीले जीवन्त बनाइरहन नसकेको बताउनुभयो ।

वहाँले निर्वाचन आयोगको संबैधानिक ब्यवस्थालाई आफुहरुले सम्मान गर्ने बताउनुभयो । वहाँले पार्टीमा आफ्नो समुहको बहुमतसहितको केन्द्रीय सदस्यहरु हुदाँहुदै निर्वाचन आयोगले पार्टीको नामको आधिकारिता र चुनाव चिन्हलाई अन्तिम फैसला गर्न नसक्नुमा दुःख व्यक्त गर्नुभयो ।

नेता दर्लामीले प्रधानमन्त्री ओलीको प्रतिगामी कदमबिरुद्ध चुप लागेर नबस्ने बताउनुभयो । प्रधानमन्त्रीले आफ्नो कदमलाई सच्याउने समय छ, दर्लामीले भन्नुभयो–यदि यसो भएन भने घातक हुनेछ । ओलीको कु बिरुद्ध देशव्यापी सडक सघर्ष गरिने र सोही सघर्षबाटै ओलीलाई हटाउने छौं, दर्लामीले भन्नुभयो ।

कार्यक्रममा नेकपा प्रदेश कमिटि सदस्य कल्पना कार्की, शिबसताक्षी नगरपालिकाकी उपप्रमुख समेत रहुनभएकी शिबसताक्षी नगर सघर्ष समितिका संयोजक भोजकुमारी नेपाल, नेकपा झापाका सचिवालय सदस्य रामबहाुदर र्राइ, नगर सहइन्चार्च एनपी लामिछाने, नगर कमिटि अध्यक्ष महेन्द्र भट्टराई, शिबसताक्षी ७ का वडा अध्यक्ष नबिन लिम्बूको सहभागिता थियो ।

त्यस्तै, कोणसभामा नगर कार्यालय सदस्य प्रेम याम्फु राई, नगर सचिवालय सदस्य दुर्गा नेम्बाङ, सानेश्याम राई, ज्ञानेन्द्र तिम्सिना, नगर सदस्य भुवन राई, वडा नं १ कमिटिका सचिव नेत्र नेम्बाङ, वडा नं २ कमिटिका अध्यक्ष भीम नेम्बाङ, वडा नं ८ का इन्चार्च धनेन राई, वडा नं ८ कमिटिका सचिव तथा युवा संघ नेपाल झापाका नेता अग्नी कार्की लगायत सयौंको संख्यामा सहभागिता थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *