काठमाडौँ, १५ माघ–प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–नेपालसँग पार्टी चलाउने दम र खुबी दुवै नरहेको बताएका छन् ।
बिहीबार काठमाडौंमा जिफन्टले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले अहिले आफ्नो समूहकोजस्तो अनुशासित, मर्यादित पार्टी अर्को नरहेको जिकिर गरे ।
प्रधानमन्त्री ओलीले आफ्नै सरकार ढाल्न, अस्थिरता मच्चाउन प्रचण्ड माधवहरु लागेको भन्दै उनीहरु अहिले नक्कली देशभक्त बन्ने खोजेको आरोप लगाए ।
‘अब पार्टीमा विकृति विसंगति, स्वार्थी प्रवृति, नीजि र पारिवारिक काम गर्ने प्रवृत्तिहरु किनारा लाग्छन् । यो महान शुद्धीकरण हो’ ओलीको भनाई छ ।
