बुटवल, १५ माघ–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओली राणा र राजाकै रुपमा निरंशुक बने निस्किएको बताएका छन् ।
नेकपाले आज (बिहीबार) बुटवलमा आयोजना गरेको विरोध सभालाई सम्वोधन गर्दै नेता भुसालले ओलीको निरंकुश कदमलाई ठेगान लगाएरै छाड्ने बताए छ ।

‘हाम्रै आफ्नै पार्टीको अध्यक्ष र हामी आफैले चुनेको प्रधानमन्त्रीले लोकतन्त्र केही होइन, जनता केही होइन भनेर प्रधानमन्त्रीको सत्तासहित दुनियाँलाई दुत्कारेका कारण हामी अगाडि आउनु परेको छ,’ उनले भने, ‘निरंकुशताको प्रेत फेरि उब्ल्जिएको छ ।’

अहिले सबै सामु दुईटा बाटो रहेको उनले बताएका छन् । अब ओलीको बाटो रोज्ने की समग्र नेपाली नागरिकको हित हुने बाटो रोज्ने बेला आएको उनले भनाइ छ । ‘यसअघि पनि राणाले सोधे, महेन्द्रले सोधे, वीरेन्द्रले र ज्ञानेन्द्रले पनि हामीसँग सोधे तर नेपालीले नेपालको बाटो रोजे,’ उनले बिहीबार बुटवलमा आयोजित विरोध सभामा भने, ‘राणा र राजाको प्रेतको रुपमा ओलीले सोधेका छन् कुन बाटो रोज्ने भनी अब ओलीको बाटो किमार्थ अघि बढ्न दिने छैनौं ।’

उनले अहिले एउटा पक्ष लाखौं जनताको सपना इज्जत केहि होइन, एकजना तानाशाहको सनक र इज्जत सब कुरा हो भनेर आएको हुँदा अहिले आमनागरिकले आफ्नो जीवनको मूल्य खोज्नुपर्ने बेला आएको उनले बताए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *