काठमाडौं, १५ माघ–कोभिड विरुद्धको ‘कोभिसिल्ड’ खोप लगाएका ६ जना स्वास्थ्यकर्मीमा सामान्य असर देखिएको छ।

त्रिवि शिक्षण अस्पतालका ३ जना डाक्टरसहित २ जना नर्स अन्य १ जनामा सामान्य असर देखिएको अस्पतालका निर्देशक डा दिनेश काफ्लेले थाहाखबरलाई जानकारी दिए।

उनका अनुसार स्वास्थ्यकर्मीले हिजो कोभिड विरुद्धको खोप लगाएका थिए। डा। काफ्लेले भने, ुसामान्य लक्षण टाउको दुख्ने, ज्वरो आउने, शरीर दुख्ने र शरीरमा डाबर आएको छ।ु

अहिले सबै स्वास्थ्यकर्मीको स्वास्थ्य अवस्था सामान्य रहेको निर्देशक काफ्लेले जानकारी दिए।

हिजोदेखि मुलुकभर कोरोना विरुद्धको खोप लगाइएको थियो। ९ हजारभन्दा बढीमा खोप लगाइएको थियो। त्रिवि शिक्षण अस्पतालमा हिजो स्वास्थ्यकर्मीसहित १ सय ९२ जनामा खोप लगाइएको थियो।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *