विराटनगर, १६ माघ–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको सिङ–जुरो निर्वाचन आयोगले फुकाली दिइसकेको बताएका छन् ।

प्रदेश–१ को राजधानीमा आज (शुक्रबार) नेकपाले आयोजना गरेको विशाल जनसभालाई सम्वोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले ओलीले मनोनित गरेका केन्द्रीय सदस्यहरुलाई आयोगले अमान्य घोषणा गरिदिइसकेको बताए ।

अध्यक्ष नेपालले भने, ‘निर्वाचन आयोगले ओलीको सिङ जुरो फुकालिसकेको छ । पछारिइसकेपछि पनि खुट्टामाथि उचालेर मेरो खुट्टो त माथि नै छ भन्दै हुनुहुन्छ । हार स्वीकार नगर्ने पहलमानले यसैगरी पछारिइसकेपछि पनि खुट्टो उचाल्छ र भन्छ– मेरो खुट्टो त माथि नै छ ।’

अध्यक्ष नेपालले भने, ‘मूल पार्टी यही हो । सूर्य चिन्ह यही हो । झलनाथ खनाल यहीं हुनुहुन्छ, माधव नेपाल यहीं छु, यो एमालेको मूलधार हो । केपी ओली कहिले एमालेको मूल धार भए रु’
उनले थपे, ‘४४१ केन्द्रीय कमिटीमा ३०० सय जना हामीसँग छन् ।

केपी ओलीसँग सय जना जति छन्, ती विचरा सय जना पनि कहाँ आएर फसियो भन्दै छन् । मूल पार्टी यही हो, सूर्यचिन्ह अरु कसैको हुँदैन ।’ प्रधानमन्त्री ओलीले आहोदाको दुरुपयोग गरेको र संविधान मिच्ने काम गरेको नेता नेपालले बताएका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *