झिलझिले, १७ माघ–झापाकपो झिलझिलेस्थित बुद्ध चौकमा सञ्चालनमा आएको युङ्गी क्याफे एण्ड वारले उद्घाटनको बिशेष अवसर पारेर एक सातासम्म सांगीतिक (कनसर्ट) कार्यक्रम गरिरहेको छ । ११ माघ, आइतबार उद्घाटन भएको क्याफे एण्ड वारमा १८ माघ आइतबारसम्म कनसर्ट गरिने भएको हो ।
युङ्गी क्याफे एण्ड वारमा बरिष्ठ लोकसंस्कृतीकर्मी गायक सिताराम ताजपुरिया, बहुचर्चित हास्यकलाकार तथा अभिनेता विन्सन बिक्रम राई (तम्मे बुढा), गायक राम लिम्बू लगायत दमक, बिर्तामोड र झिलझिलेका व्याण्डहरुले आ–आफ्नो प्रस्तुतीहरु दिइसकेका छन् ।
११ माघ, आइतबार उद्घाटन कार्यक्रम सम्पन्न हुने क्याफे एण्ड वारमा आगान्तुक ग्राहक तथा शुभेच्छुकहरुलाई मनोरञ्जनात्मक सांगीतिक कार्यक्रम गरिने सञ्चालक तुलाराम बोखिमले बताउनुभयो ।

उद्घाटनको पहिलो दिन, बरिष्ठ लोक गायक ताजपुरियालाई नगद १० हजार ५ सय ५५ रुपैयासहित सम्मानपत्रद्धारा सम्मान गरिएको थियो ।
गायक ताजपुरियाले आफ्नो जीवनको महत्वपूर्ण समय नेपाली लोक संस्कृतीलाई बचाइराख्न महत्वपूर्ण योगदान पुरयाएको भन्दै नगद सहित सम्मान गरिएको युङ्गी क्याफे एण्ड वारका सञ्चालक वोखिमले जानकारी गराउनुभयो ।
रु १ करोड २५ लाख लगानी रहेको क्याफे एण्ड वारमा पारिवारिक बातबरण सहितको बस्न, मनोञ्जन गर्न, खाना, खाज र पेय पदार्थहरु शुद्ध र सफा उपलब्ध गराइने सञ्चालक बोखिमले बताउनुभयो । झिलझिले-डुडामारी सडक खण्डको बुद्धचौकमा अवस्थित युङ्गी क्याफे एण्ड वारमा पर्याप्त सवारी पाकिङको सुविधा छ ।

त्यस्तै, क्याफे एण्ड वारमा बेकरी सम्बन्धीका खाने सामाग्री (आइटम) हरु उपलब्ध हुने र अन्य स्वादका खानाका स्वादहरु पाइन्ने छ ।
सामाजिक र राजनीतिमा सक्रिय बोखिमले आफ्नो क्याफे एण्ड वारलाई शिबसताक्षी नगरको पर्यटन प्रवर्दनमा सघाउ पुरयाउने समेत बताउनुभयो । वहाँका अनुसार नगरभरी सञ्चालनमा आएका होटल वा क्याफे एण्ड वारहरु भन्दा आफ्नो क्याफे एण्ड वारलाई व्यवस्थित ढंङ्गमा सेवा उपलब्ध गरिने छ ।
क्याफे एण्ड वारमा २१ जनाले प्रत्यक्ष रोजगार पाइरहेका छन् । क्याफे एण्ड वारमा बैठक कक्ष, तालिम तथा कार्यक्रम हलसहितको पारिवारिक वातबरणमा सजाइएको सञ्चालक बोखिमले बताउनुभयो ।

