दमक, १७ माघ–झापाको सतासीधाम जेसीजको आठौ पद हस्तान्तरण कार्यक्रम आज दुधेमा सम्पन्न भएको छ ।
शिबसताक्षी नगरको दुधेस्थित शनिबार आयोजित कार्यक्रममा प्रदेश नं १ नम्बर प्रदेशका पुर्व प्रदेश प्रमुख गोविन्द सुब्बाको प्रमुख आतिथ्यमा पद हस्तान्तरण सम्पन्न भएको हो ।
कार्यक्रममा सन् २०२० का अध्यक्ष कुमारसिंह साँवाले आफ्नो गलामा भएको जेसीज चेन सन् २०२१ का अध्यक्ष कमल सेन्चुरीलार्ई दिएका थिए ।
वर्ष २०२१ का अध्यक्ष कमल सेन्चुरीलाई फुलमालाले सम्मान गरिएको थियो भने, उनलाई पद तथा गोपनियताका सपथ निवर्तमान अध्यक्ष साँवाले गराएका थिए । वर्तमान अध्यक्ष सेन्चुरीले ३२ जना २०२१का जेसीज कर्मीहरुलाई सपथ गराएका थिए ।
यसैबीच सोही कार्यक्रममा गोलोक गोवद्र्धन गौशालाका संस्थापक अध्यक्ष आचार्य नन्दकिशोर भारद्धाजलाई नागरिक सम्मान गरिएको सतासीधाम जेसीजका महासचिव अर्जुन भट्टराईले जानकारी दिए ।
संरक्षक भारद्वाजलाई धार्मिक क्षेत्र सताक्षीधाम तथा झापाका अन्य तीर्थस्थलहरुको प्रचार तथा गोलोक गोद्धर्धन सञ्चालन गरी सताक्षीधाम विकासका लागि महत्वपूर्ण योगदान गरेको भन्दै जेसीजले नागरिक सम्मान गरेको जनाएको छ । उनलाई कार्यक्रमका प्रमुख अतिथि सुब्बा, २०२० का अध्यक्ष कुमारसिंह साँवा लगायतले सम्मान दोसल्ला र सम्मान-पत्र प्रदान गरेका थिए ।
कार्यक्रममा श्री राष्ट्रिय रमणीय आर्दश माध्यमिक विद्यालयका विद्यार्थीहरुले जेसीज गीतमा स्वागत नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला नेता देउमान थेवे लगायत छिमेकी जेसीजका अध्यक्ष तथा प्रतिनिधि, विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि, विभिन्न पार्टीबाट अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
