दमक, १७ माघ–झापाको दमकस्थित कदम थिएटरले शनिबार रचना वाचनसहित काव्य उपसमिति गठन गरेको छ । दमक-९ स्थित कदम थिएटरको कार्यालयमा रचना वाचन र चिया गफ आयोजना गर्दै दधीराम ढकालको अध्यक्षतमा ९ सदस्यीय समिति चयन गरिएको हो ।

दमकको साहित्यिक माहौललाई फेरि उज्यालो बनाउने उद्देश्यका साथ समिति गठन गरिएको कदमका कार्य समिति सदस्य एवम् कला निर्देशक सिजन दाहालले जानकारी दिएका छन् ।

समितिको उपाध्यक्षमा प्रकाश शर्मा अधिकारी, सचिवमा सुमन लिङ्देन, सहसचिवमा करिना बास्तोला र कोषाध्यक्षमा सपना लिम्बू चुनिएकी छन् । त्यस्तै, सदस्यहरूमा प्रकाश खनाल, जेनिशा भण्डारी, मनोज भट्टराई र दीक्षा तामाङ रहेका छन् ।

शनिबार सम्पन्न रचना वाचन र चिया गफ कार्यक्रममा दमकदेखि बिर्तामोडसम्मका ५० जना भन्दा बढी सर्जकहरूले आफ्नो सिर्जना सुनाउनुका साथै चियाको स्वादको जानकारी गराएका थिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *