दमक, १७ माघ–झापाको दमक–६ लिङदेन मार्गमा मुख्य कार्यालय रहेको फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाले शिवसताक्षी-८ झिलझिलेमा आजदेखि सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।

शिवसताक्षी क्षेत्रका शेयर सदस्यहरुको सुविधाका लागि संस्थाले सेवा केन्द्र विस्तार गरिएको अध्यक्ष पदम लिङदेन (संकल्प) ले जानकारी दिए । सेवा केन्द्रको शिवसताक्षी-८ का वडाध्यक्ष केहेरसिङ बस्नेतले उद्घाटन गरे ।

सेवा केन्द्रको उद्घाटनका क्रममा वडाध्यक्ष बस्नेतले शिवसताक्षी क्षेत्रका आफना शेयर सदस्यहरुलाई सेवा पुरयाँउन सहकारी सफल हुने विश्वास व्यक्त गरे ।

सेवाकेन्द्रको उद्घाटनका अवसरमा १८ जना नयाँ शेयर सदस्य, ८ जना स्वर्णिम महिला बचत र २ जनाको बाल बचत खाता खोलिएको र त्यस कार्यलाई नियमितता दिने संस्थाका झिलझिले सेवा केन्द्रका संयोजक एवं सचालक समिति उपाध्यक्ष महेन्द्र चाम्लिङले जानकारी दिए ।

कार्यक्रममा झिलझिले सेवा केन्द्रका सल्लाहकार संयोजक शिवकुमार योङ्या, संस्थाका निवर्तमान सचिव देशराज नेम्बाङ, कानुनी सल्लाहकार नरबहादुर लिङदेन, चौतारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष धनबहादुर राई र साहित्यकार हरि हुक्पा चोङ्बाङ, विभिन्न उपसमितिका प्रतिनिधि,शेयर सदस्य, कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।

संस्थाले यसअघि गतवर्ष मात्र विर्तामोडमा पनि आफ्नो सेवा केन्द्र सञ्चालनमा ल्याएको र आगामी दिनमा पनि थप केही स्थानमा सेवा केन्द्र विस्तार गरिने संस्थाका सचिव दिलिप जवेगुले वताए ।

झिलझिले सेवाकेन्द्रका उप–संयोजक लिलाराम लावतीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सोही सेवा केन्द्रका सदस्य सचिव किरण लिङदेनले गरेका थिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *