दमक, १७ माघ–दमककी व्यवसायी एबम् सामाजिक अगुवा लक्की सिटौला ‘बिन्दु’ले झापाको पाडाजुङ्गीस्थित गुहेश्वरी आधारभूत बिद्यालयमा अध्ययनरत २ जना (छात्रा) बिद्यार्थीको अभिभावक बन्नुभएको छ ।

लक्कीले कमल गाउँपालिका वडा नं ५ पाडाजुङ्गीस्थित गुहेश्वरी आधारभूत बिद्यालयमा कक्षा-२ की सपु राई र कक्षा-६ की जिना विकको पठन-पाठनमा हुने सम्पूर्ण खर्च व्यवस्थापनको जिम्मा लिनुभएको हो ।

आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको सपु र जिनाको परिवारमा दैनिक बनिबुट्टो गरेर जीविका पार्जन गर्छन् । हिजो (शुक्रबार), बिद्यालयमा एक कार्यक्रमबीच लक्कीले दुई जना छात्राको सुन्दर भविश्य निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

कमल गाउँपालिका वडा नं ५ का अध्यक्ष डम्बर बहादुर निरौला, बिद्यालयका प्रधानध्यापक टंकप्रसाद गजुरेल लगायत बिद्यालयमा कार्यरत शिक्षक-शिक्षिका र बिद्यार्थीहरुको उपस्थितिमा व्यवसायि तथा सामाजिक क्षेत्रमा क्रियाशिलत लक्कीले सपु र जिनाको अभिभावक ग्रहण गरेपछि सामुदायीक बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थीहरुको सुन्दर भविश्य निर्माण गर्न समाजको सवैको साथ सहयोग हुनुपर्नेमा जोड दिनुभएको थियो ।

सो अवसरमा लक्कीले यी दुई नानीहरुको शैक्षिक क्षेत्रमा उन्नती-प्रगती आफुले चाहेको बताउनुभयो । यी दुबै बिद्यार्थीको बिद्यालयमा प्रयोग हुने पोशाक, कपी, कलम, जुट्टा, ब्याग (झोला) लगायत स्टेशनरी सामाग्रीहरुको सम्पूर्ण जिम्मेवारी आफुले उपलब्ध गर्ने बताउनुभयो ।

दमक उद्योग बाणिज्य संघको कार्यसमिति सदस्य समेत रहनुभएकी लक्की सिटौला ‘बिन्दु’को दमकमा लक्की कृषि एग्रिकल्चर, लक्की टेड्र्स एण्ड सपल्यार्स, लक्की इन्टिवोर डेकोरको सञ्चालक हुनुहुन्छ । साथै, वहाँ सुन्दर समाज नेपालको संस्थापक समेत हुनुहुन्छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *